खेलकुद

डिसिए कपको उपाधि दुवै आयोजकको पोल्टामा


धरान: देउराली चिल्ड्रेन एकेडेमी धरान–५ ले आयोजना गरेको डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको छ ।
शुक्रवार भएको धरान स्तरीय डिसिए कपको दुवै उपाधि आयोजकले हात पारेको हो। छात्रतर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ विजेता वनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता वनेको छ ।
त्यसैगरी छात्रातर्फ आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान–५ नै विजेता बन्न सफल बनेको छ भने जोलसाया एकेडेमी धरान–११ उपविजेता बन्न सफल भएको छ ।
एक दिने बास्केटबल प्रतियोगितामा हिविस्कस इङ्लिस वोडिङ स्कल धरान–१५,जोलसाया एकेडेमी धरान–११, धरान इङ्लिस वोडिङ स्कुल धरान–५, आवरहोम वोडिङ स्कुल धरान–१९ र आयोजक देउराली चिल्ड्रेन एकेडेमी धरान समेतका ५ स्कुलका १५ टिमको सभागीता रहेको स्कुलका प्रिन्सिपल नविन गौतमले जानकारी दिनुभयो ।
विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्वु, स्कुलका प्रिन्सिपल नविन गौतम, निर्देशक पृथ्वी मगरले ट्रफि मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
पढाईका अतिरिक्त खेलकुदमा पनि विद्यार्थीहरुलाई अगाडी वढाउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिने स्कुलका प्रिन्सिपल गौतमको भनाई रहेको छ ।
अन्य खेल साथै बास्केट बल खेललाई पनि अगाडी वढाउने उदेश्यले प्रतियोगिताको आयोजना गरीएको स्कुलका निर्देशक मगरको भनाई रहेको छ ।
कार्यक्रमको अध्यक्षता स्कुलका अध्यक्ष पूर्णप्रसाद लिम्वूले गर्नुभएको थियो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक