धरान विशेष

धरानको बीपी प्रतिष्ठान सुधारका लागि उपकुलपती श्रेष्ठद्वारा सञ्चारकर्मीहरू सँग सुझाव संकलन

धरान: धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुधारका लागि सञ्चारकर्मीहरूसँग सुझाव संकलन गर्न उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठले आईताबार आज छलफल कार्यक्रम आयोजना गर्नुभएका छ । प्रतिष्ठानको उपकुलपतिको बैठक हलमा सम्पन्न उक्त कार्यक्रममा धरानका अग्रजदेखि युवा सञ्चारकर्मीहरूले बीपीमा देखिएका विविध समस्याहरूको समाधानका लागि स्पष्ट सुझाव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार मणिराज भट्टराईले एउटै व्यक्ति लामो समयदेखि एउटै पद वा स्थानमा बसिरहँदा संस्थाभित्र भ्रष्टाचार मौलाउने गम्भीर समस्या देखिएको बताउनुभयो ।
अग्रज पत्रकार हर्ष सुब्बाले शैक्षिक कोटा घट्नुको कारण र पुनः वृद्धि गर्न के कस्ता पहलहरू गरिएको भन्नेबारे उपकुलपतिसँग जानकारी माग गर्नुभयो ।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले बीपीमा सामान्य समस्या समेत समाधान नहुनु र उपचार शुल्क अन्य अस्पतालको तुलनामा अत्यधिक महँगो हुनु गम्भीर समस्या भएको बताउनुभयो । ‘प्रतिष्ठानभित्र अत्यावश्यक औषधि तथा सामग्रीहरूको समेत अभाव देखिएको छ,’ उहाँले बताउनुभयो ।

फोटो पत्रकार विकास चाम्लिङ राईले कार्यालय समयमै चिकित्सकहरू प्रतिष्ठानबाहिर चिया पसलमा बसेको देखिने गरेको उल्लेख गर्दै समयपालनाको अभावबारे प्रश्न उठाउनुभयो ।

अन्य सञ्चारकर्मीहरूले समेत बीपीमा बढ्दो अस्तव्यस्तता, सेवा प्रवाहमा देखिएको अनियमितता र प्रशासनिक भ्रष्टाचारका विषयमा टिप्पणी गर्दै सुधारको खाँचो औंल्याएका थिए ।।

छलफलमा उपकुलपति प्रा.डा. श्रेष्ठले सञ्चारकर्मीहरूबाट प्राप्त सुझाव अत्यन्त महत्वपूर्ण रहेको बताउँदै भन्नुभयो, ‘प्रतिष्ठानको समग्र सुधारका लागि सुझाव समिति बनाएका छौं, यही आधारमा कमीकमजोरी पहिचान गरी सुधार अघि बढाइन्छ ।’

उहाँले धरानमा नगर अस्पतालको आवश्यकता रहेको बताउँदै आसारा सुधार केन्द्र मोडलमा सञ्चालक समिति बनाएर, जग्गा जो कोहीको होस्, बीपीले प्राविधिक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

सघन उपचार कक्ष वरिपरि र समग्र प्रतिष्ठान हाताभित्र फोहोर व्यवस्थापन सुधार गर्न पनि काम थालिएको उहाँले जानकारी दिनुभयो ।

उपकुलपति श्रेष्ठले यस्ता छलफल नियमित गरिने बताउँदै सञ्चारकर्मीहरूको सहयोग र निगरानीले प्रतिष्ठान सुधारको अभियानमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा उपकुलपति नियुक्त भएकोमा सञ्चारकर्मीहरूले डा. श्रेष्ठलाई खादा ओढाएर बधाई दिएका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।