मनोरञ्जन समाचार

भदौ २० बाट प्रदर्शनमा आउने “रिमै” को धरधरी रुवाउने गीत “छुटिसकेको माया” सार्वजनिक


यहि भदौ २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “रिमै” को निकै मनछुने गीत छुटिसकेको माया सार्वजनिक भएको छ । कवडी चलचित्रको पहिलो सिरिजको हिट जोडी काजी र मैयाको कम्व्याक भएको रिमैमा पनि काजी अर्थात दया र मैया रिश्मा छुटिएका छन ।

आज सार्वजनिक भएको गीत हेर्दा फेरीपनि दया र रिश्माको विछोड भएको देखिन्छ । श्रवण मुकारुङ्गको शब्द, थानेश्वर गौतमको संगीत र आवाज रहेको गीत निकै मार्मिक र हृदयस्पर्शी बनेको छ । गीतमा फिमेल आवाजमा सारादा रसाईलीको रहेको छ । गीतको भिडियो अनुसार दया र रिश्मा एक अर्कालाई धेरै माया गरेपनि अन्तमा छुट्नु परेर विगत सम्झिदै रुदै गाउँ छाडेको दृश्य मार्मिक छ । पारिवारीक वा अन्य वाध्यताले छुट्नु परेपनि यादले कहिले नछोडेको निकै दुखद अवस्था रहेको अनुमान लगाउन सकिन्छ ।

“रिमै” गुरुङ गाउँको सम्बन्ध र संस्कृतिको कथा हो । “रिमै” शब्द गुरुङ समुदायको शब्दकोषबाट लिईएको शब्द हो, गुरुङ भाषामा “रि “ को अर्थ चेलिबेटी वा मायालु भन्ने हुन्छ भने “मै” को अर्थ हरु भन्ने हुन आउँछ अर्थात रिमै भनेको चेलिबेटीहरु अर्थात मायालु भनिएको हो । यहि शब्द रिमैलाई गुरुङ जातीको संस्कार, गाउँले परिवेशको त्रिकोणात्मक प्रेमलाई निर्देशक खिलबहादुर गुरुङले गज्जवले प्रस्तुत गरेका छन । “रिमै” लाई कबड्डी, जारी र मनसराजस्ता सफल चलचित्रका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन ।

करीब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ आफ्नो प्रेम र परिवारबीचको संघर्षसँग जुधिरहेका छन् । रिश्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । चलचित्र यहि भदौ २० गतेबाट प्रदर्शनमा आउदै छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता