समाज

विश्व मानवता दिवसको अवसरमा परिवार नियोजन संघद्वारा धरानमा अन्तरकृया कार्यक्रम


धरान : परिवार नियोजन संघको आयोजनामा विश्वमा मानवताको भावनालाई प्रोत्साहित गर्न शुक्रबार विश्व मानवता दिवस मनाइएको छ ।

संयुक्त राष्ट्र संघको आव्हानमा विश्व भर अगस्ट १९ का दिनलाई विश्व मानवता दिवस घोषित गरेको छ ।
समुदायलाई सशक्तिकरण, गरिमाको रक्षा गर्दै विश्व मानवीय दिवस 2025 मा आपतकालिन अवस्थामा एस आर एच आरलाई अगाडि बढाउ भन्ने मुल नाराका साथ नेपाल परिवार नियोजन संघ सुनसरी शाखाले अन्तरक्रीया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा सहभागीहरूले पछिल्लो समय संसार समाजमा मानवीय भावनामा हराउँदै गएको बताए । उनीहरूले प्रविधिको विकासले हराउँदै गएको मानवीयताको अवस्थामा प्राकृतिक प्रकोप, मानव निर्मित आपत् विपतका बेला मानवीय उद्धारका लागि संस्थागत सेवामा कार्यरत संस्थाहरूले मानविमय भावनाको पूनस्थापनाका लागि भूमिका खेल्नु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि ईलाका प्रशासन धरानका कार्यलय प्रमुख लक्ष्मी प्रसाद रेग्मीले इराकमा संयुक्त राष्ट्र संघीय नियोगमा भएको बम हमलामा दर्जनौँ राष्ट्र संघिय अधिकारीहरूको मृत्यु भएपछि त्यसैको स्मृतिमा विश्व मानवता दिवस मनाउन थालिएको बताए ।

संघकी वरिष्ठ शाखा प्रबन्धक रनु राउतले पछिल्लो समय सामाजिक सञ्जाल लगायतका कारण समाजमा अमानवीय भावनामा ह्रास आएको अनुभव गर्न थालिएको बताइन । उनले प्रकोपहरूले सिर्जना गर्ने मानवीय सङ्कटहरूमा परिवार नियोजन संघले गर्ने सेवाहरूका बारेमा पनि बताइन् ।
संघकी जिल्ला सभापति निर्मला अधिकारी आचार्यको सभापतित्वमा भएको कार्यक्रममा बिशेष अतिथि स्वास्थ्य कार्यालय सुनसरीका पब्लिक हेल्थ नर्स उर्मिला राई र धरान उपमहानगरपालिका वन वातावरण तथा बिपद व्यवस्थापन महाशाखाका प्रमुख भेष राज घिमिरे लगायत उपस्थित रहेका थिए ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले