समाज

फोनिजको २६ औं स्थापना दिवस: दुई पत्रकार “पहिचान पत्रकारिता पुरस्कार”बाट सम्मानित

धरान: २६ औं स्थापना दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले २ जना पत्रकारहरुलाई ‘पहिचान पत्रकारिता पुरस्कार’ प्रदान र केन्द्रीय प्रतिनिधीहरुलाई बधाई ज्ञापन गरेको छ।

फोनिज प्रदेश समितिले तीन वर्षदेखि लगातार योगदानको कदरगर्दै फोनिजकर्मीहरुलाई प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गर्दै आएको छ ।

धरानमा मंगलबार आयोजित कार्यक्रममा झापाको दमकका दिलकुमार लावती र भोजपुरकी शारदा तामाङलाई पुरस्कृत गरिएको हो । १०/१० हजार रुपैयाँ राशिको उक्त पुरस्कार फोनिजले विगत ३ वर्षदेखि स्थापना दिवसको अवसरमा वितरण गर्दै आएको छ ।

पत्रकार तामाङले २०७० सालदेखि निरन्तर रेडियो पत्रकारिता गर्दै आएका छन् लावतीले पनि २०५७ सालदेखि अनलाईन र छापा पत्रकारितामा निरन्तर पत्रकारिता गर्दै आएका व्यक्तित्व हुन् ।

कार्यक्रमको प्रमुख अतिथी धनकुटाको सागुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुमदाली राईले फोनिजकर्मीहरुले पहिचानको मुद्वामा कलम चलाएको स्मरण गर्दै अझै सशक्त रुपमा चलाउन आग्रह गर्नु भयो। सागुरीगढी गांउपालिकाले चाडै स्थानीय सरकार संचार ऐन लागू गर्ने बिषय पनि सो अवसरमा जानकारी गराउनु भयो।

कार्यक्रममा अग्रज पत्रकारहरु हर्ष सुब्बा,कौशल चेम्जोङ, सञ्जय सन्तोषि राई, अर्जुन जम्नेली, सन्तवीर लामा, प्रेस सेन्टरका प्रदेश अध्यक्ष राजन राई ‘समिप’ भोटराज राई, निलिफा सुब्बा, सुजना निङलेखु, विदुर खबास, लिम्बु पत्रकार संघका संघीय अध्यक्ष सन्देश लिम्बु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा फोनिजको संघीय समिति र प्रदेश समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाईसमेत सम्मान गरिएको थियो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले