मनोरञ्जन समाचार

विल्सन विक्रम राईले निर्देशन गरिरहेको चलचित्र ‘मैझारो’ को छायांकन अन्तिम चरणमा

इलाम: साउनको पहिलो हप्ताबाट इलाममा सुरु गरिएको ‘मैझारो’ चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ।  विल्सन विक्रम राईले निर्देशन गरिरहेको चलचित्र पूर्वी पहाडका विभिन्न ठाँउमा छायांकन भैरहेको छ।

प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धको आत्मीयतालाई उजागर गर्ने लक्ष्यसहित निर्माण भइरहेको चलचित्रको छायांकन इलामका देउमाई नगरपालिका, पानीटार, जितपुर, साखेजुङ हुँदै पाँचथरका रमणीय स्थलहरूमा गरिएको छ। निर्देशक राईका अनुसार दर्शकले यो फिल्मबाट फरक स्वाद र अनुभूति पाउनेछन्। फिल्मको कथा र पटकथा पनि उनी स्वयंले लेखेका हुन्।

माैलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ।

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भइरहेको यस फिल्ममा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत रहेको छ भने गायनमा राजेश पायल राई, झुमा लिम्बू,मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर सुन्न पाइनेछ। सौरभ लामाले छायांकन गरेका फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता