स्वास्थ्य/जिवनशैली

‘खानपान र शारीरिक व्यायामले धेरै रोग नियन्त्रण हुने’ चिकित्सक


धरान: रोगले आफन्त भन्दैन, उमेर समूह भन्दैन, सामान्य नियम नजाँदा रोगका शिकार हुने क्रम बढ्दै गएको बेला धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले समुदायमै गएर चेकजाँचसँगै सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाउन थालेका छन् ।
केही समय अगाडि प्रतिष्ठानका कार्यरत चिकित्सक तथा विद्यार्थीहरुको संस्था डायबेटिज विद्यार्थी समूह, बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विभिन्न विभागका चिकित्सक, धरान, नेपाल अग्रवाल सभा, धरान र नेपाल अग्रवाल महिला मञ्च धरानको संयुक्त आयोजनामा धरानको मुटु भानुचौकमा निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य परामर्श शिविरको आयोजना गरेका थियो । सो शिवरबाट २ सय भन्दा बढी सर्वसाधारणले निःशुल्क सेवा लिएका थिए ।
शिविरमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एसोसिएट प्रोफेसर डा. अरुणकुमार सिंह र डायबेटिज टाइप–१ विद्यार्थी समूहका सदस्यहरूको सक्रिय सहभागितामा भएको शिविरमा आएका सर्वसाधारणलाई मधुमेह, उच्च रक्तचापको चेकजाँचसँगै मानिसले अपनाउनुपर्ने जीवनशैली, खानपान लगायतका विषयमा परामर्श समेत दिएका थिए ।
खानपान र जीवनशैलीलाई व्यवस्थित बनाउन सकेको खण्डमा धेरै हदसमम रोगलाई नियन्त्रण गर्न सकिने एसोसिएट प्रोफेसर एवम बालरोग विशेषज्ञत्र डा. अरुण सिंहले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।
कार्यक्रमका कोशी प्रदेशका सांसद रमेश बस्नेत, धरान उपमहानगरपालिकाका उप–मेयर आईन्द्र विक्रम बेघा, धरान–२ का वडा अध्यक्ष रमेश कुमार राई, सुनिल कुमार अग्रवाल (बन्टी), इन्दु तोदी, लता अग्रवाल, पितरुमल अग्रवाल, अशोक अग्रवाल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी वरिष्ठ प्राध्यापक प्रा. डा. सुधा अग्रवाल, विद्यार्थी कल्याण समाजका अध्यक्ष नबराज कुमार देव लगायत उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा नेपाल अग्रवाल महिला मञ्चकी केन्द्रीय संयोजक इन्दु तोदी र सचिव विवेक अग्रवालले यो कार्यक्रम अत्यन्तै लाभदायक र फलदायी कार्यक्रम रहेको बताएका थिए । सो अवसरमा डा. सिंहले मधुमेहको प्रारम्भिक पहिचान, नियन्त्रणका उपायहरू, सन्तुलित आहार, नियमित व्यायाम, औषधि सेवन तथा जीवनशैली सुधारबारे जानकारी गराउनुका साथै सर्वसाधारणलाई नियमित स्वास्थ्य परीक्षण गर्न प्रेरित गर्नु भएको थियो ।

छुटाउनुभयो कि ?

धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।
धरान विशेष स्वास्थ्य/जिवनशैली

विपी प्रतिष्ठानका चिकित्सकहरूको सामूहिक राजिनामा 

विपि प्रतिष्ठान धरानका १सय ७७ जना शिक्षक लगायत चिकित्सकहरु द्वारा सामूहिक राजीनामा प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छन । प्रतिष्ठानका