समाज

पूर्वी पहाडी जिल्लाबाट सार्वजनिक सवारी साधनमा गाँजा तस्कर हुन थालेपछि थालियो सचेतनात्मक कार्यक्रम


धरान: प्रहरीले नै गाँजा खेति फँडानी गर्छ, नष्ट गर्छ प्रहरीलाई गाँजा कारोबारीको संख्या बढ्दा टाउको दुखाई बन्ने गरेको छ । विगतमा रातीको समय विभिन्न सवारी साधनमा गाँजा पूर्वी पहाडी जिल्लाबाट ल्याएर भारतको बोर्डरसम्म पुर्‍याउने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई बढावा दियो । अहिले गाँजा कारोबारीहरुले सार्वजनिक यातायातलाई सुरक्षित ठानेपछि पहाडी जिल्लाबाट सार्वजनिक बसमा लुकाई छिपाई गाँजा ल्याउनेको संख्यामा बृद्धि भएपछि प्रहरीले छापामार्दा भेट्टाएको खण्डमा सर्वजनिक बसका मजदुर, व्यवसायीलाई टाउको दुखाई बन्ने गरेको छ । यसैलाई मध्यनजर गरी सवारी चालक, मजदुर तथा व्यवसायीहरुले नियन्त्रण गर्न सचेतनात्मक कार्यक्रम अन्तर्गत पहाडी जिल्लामा चल्ने सवारी साधनमा स्टिकर टालेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशको अगुवाईमा इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक प्रहरीको सहकार्यमा पहाडी रुटमा चल्ने सार्वजनिक बसहरुमा सचेतनामुलक स्टिकर टाँसिएको थियो । ‘गाँजा बोकेर सवारी साधनमा यात्रा नगरौ, गाँजा बोकेर सवारी साधनमा यात्रा गर्नेलाई निषेध गरिएको छ भन्ने स्टिकर कोशी पहाडी रुटमा चल्ने सवारी साधानमा टाँसिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘पछिल्लो समय विभिन्न उपाय अपनाई झोला लगायतमा गाँजा हालेर सवारी साधनमा चढ्ने यात्रुको संख्या बढ्दै गएकोले यसले यातायात व्यवसायी, मजदुरलाई समेत समस्या बनाएकोले सचेत बन्नकै लागि यो अभियानलाई अगाडि बढाइएको हो ।’
हुन त पूर्वी पहाडी जिल्ला भोजपुर, धनकुटाको विशष गरी सहिदभुमी गाउँपालिकाका स्थानमा धनकुटा प्रहरीले समय समयमा गाँजा नष्ट गर्ने अभियान चलाउने गरेको तर पनि गाँजा खेति झन झन फस्टाएको पाइएको छ । यसले प्रहरीको त टाउको दुखाई छँदैछ, अहिले सार्वजनिक यातायातका मजदुर, व्यवसायीहरुको समेत टाउको दुखाई बनेको छ । महासंघ कोशी पदेशका संयोजक श्रेष्ठ भन्नुहुन्छ–‘कारोबारीले झोला वा कुनै वस्तुमा गाँजा बोकेर ल्याएको बसका कर्मचारीलाई थाहै हुदैन, चेकजाँचका क्रममा फेला परिहालेको खण्डमा सवारी चालक र कर्मचारी तथा व्यवसायीहरुले झन्झट व्यहोर्नु पर्ने अवस्था छ, अनावश्यक रुपमा सवारी चालक, मजदुर तथा व्यवसायीहरुले कानुनी झन्झट व्यहोर्ने गरेका कारण यो अभियानलाई अगाडि बढाएका हौं ।’
यता यो अभियानमा सहकार्य गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले गाँजा कारोबारीहरुले निजी, सार्वजनिक सवारी, एम्बुलेन्सलगायतमा गाँजा बोकेर आउने गरेको पाएको बताउनुभयो । उहाँले सार्वजनिक सवारीसाधनमा पनि कडाई गरेर सवारी चालक र सहचालक पक्राउ गरि अनुसन्धान गर्नुपरेको अवस्था रहेकोले सवारी चालक, सहचाहलक तथा कर्मचारीहरुले समयमै यस्ता कुरामा सचेत हुन सकेको खण्डमा यस्ता गतिविधि नियन्त्रण हुने देखेर यो अभियानमा सहकार्य गरेर अगाडि बढेको बताउनुभयो ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले