
धरान: कुलुङ समुदायको दस्तावेजको रुपमा रहेको कुलुङ सभ्यता संस्कृति र पहिचानको विषय समेटिएको ‘कूलू रिदुम’ पुस्तकको विमोचन भएको छ ।
आज शनिवार धरान ५ स्थित देवीगाउमा रहेको नेपाल किरात कलुङ भाषा संस्कृती उत्थान संघको भवनमा
कार्यक्रमका प्रमुख अतिथी आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले कूलू रिदुम’ पुस्तक विमोचन गरेको हुन। नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घद्धारा आयोजित कार्यक्रमका प्रमुख अतिथी गुरुङले किरातकालीन कुलुङ भाषा संस्कृति उत्थान र पहिचानसँग जोडिएको पुस्तक भएको भन्दै कुलुङ जातीको मर्म भावना समेटिने बताए । उनले भने ‘संघर्षरत कुलुङ जातीय अस्तित्व समेटन प्रतिष्ठानमा कुरा उठाउने छु ।’ कुलुङ संस्कार संस्कृती पहिचानको बारे परिचित छु । आफ्नो तर्फबाट माग सम्बोधन गर्न तत्पर रहेको गुरुङले बताए ।
पुस्तक प्रेमचन्द्र कुलुङले लेखेका हुन । लेखक कुलुङले भने ‘पुस्तकले कुलुङको सभ्यता र संस्कृति र पहिचानमा आधारित छ ।’ पुस्तकले कुलुङ भाषाको आवश्यक जानकारी दिने बताए ।
कार्यक्रममा उपस्थित वक्ताहरुले कुलुङ जातिलाई हालसम्म अन्य समुदायले ‘राई’ समुदाय भनेर चिन्ने गरेको बताए । तर कुलुङहरुको अन्य जातजाति जस्तै आफ्नै अलग्गै जाती, पहिचान, ऐतिहासिक भूमि, वंश–परम्परा, मातृभाषा, भेषभूषा, संस्कार,रीतिरिवाज आदि रहेता पनि राज्यले अन्य बेग्लै जाती सूचीकृत गर्न नसकेको बताए । कुलुङ जातीहरु बेग्लै जातीमा सुचिकृत हुनपर्ने उनीहरुको माग रहेको छ । सरकारले कुलुङ जातीलाई सूचीकरणकालागी पहल कदमी गर्न माग गरेता पनि माग कार्यान्वयन नभएको बताए ।
स्ंघका केन्द्रिय सदस्य संयोगान्त कुलुङले भने ‘राईहरुको संस्था किरात राई यायोक्खाले नै कुलुङ जातीलाई तल्लो स्तरमा राख्यो, कुलुङ जातीलाई अपमान गरयो ।’कुलुङहरुको मर्म भावन समेटेन अब हामी कुलुङहरु आफै राजनिती रुपमा दखल राख्न आवश्यक छ । अब कुलुङ जातीका युवाहरु राजनीतिमा लाग्नु पर्ने बताए । उनले कुलुङ जाती राजनैतिक रुपमा बिकाशीत हुनु तयार हुनुपर्दछ अनि मात्र हाम्रो मुद्दालाई स्थापित गर्न सकिन्छ । भन्दै उनले भने ‘किरात राई यायोक्खा एनजियो जस्तो मात्र भयो । ’अव यायोक्खालाई बहिस्कार गर्नुपर्दछ ।’ किरात राई यायोक्खाले कुलुङ जातीको मागलाई सुनवाई गरेन यायोक्खाले एनजियो जस्तो कार्य गरेको कारण कुलुङलाई पछाडी परेको सदस्य कुलुङ्ले बताए ।
सङ्घका अध्यक्ष चन्द्रसिंह कुलुङले कुलुङ ईतिहासमा आधारित पुस्तक तपाईंहरुमाझ ल्याउन सफल भएका छौँ । पुस्तकले कुलुङ संस्कृति र संस्कारलाई बुझ्न झनै मद्दत गर्ने बताए । उक्त कार्यक्रममा कुलुङ समुदायका अगुवाहरु र जनप्रतिनिधीहरुको उपस्थीती रहेको थियो।