
धरान: मृगौला रोग देखि ग्रसित धरान ३ निवासी बर्ष ४२ कि सजिता खडगीलाई नेकपा माओवादी (केन्द्र )का भातृ संगठन वाईसीएल नेपाल धरान ३ नं वडा समितिले आर्थिक सहयोग गरेका छन।
खडकी लामो समय देखि मृगौला रोग देखि ग्रसित रहेको हुदा हाल विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाईलसियस गर्दै गरेको अवस्था रहेको र आर्थिक अवस्था कमजोर भएको हुदा वाईसीएल नेपाल ३ नं वडा समितिको नेतृत्वमा ६२ हजार ८ सय ६५ रूपैया वाईसीएल धरान ३ नम्बर समितीले आर्थिक संकलन गरी सहयोग गरेको समितीको अध्यक्ष विक्रम शाहीले वताउनु भएको छ।
सहयोग हस्तान्तरणमा नेकपा माओवादी (केन्द्र) धरान नगर कमिटीका सल्लाहकार सर्वजित राई, नगर कोषाध्यक्ष मिङमा भोटे, वाईसीएल नगर अध्यक्ष दिपक घिसिङ, वडा सदस्य श्रावण खडगी लगाएतको उपस्थिति रहेको थियो।