सहित्य/सिर्जना

युथहरुमा भाइचारा बढाउन चिया हवमा ओपन माइक कविता वाचन


 धरान: युथहरुमा आपसि भाइचारा बढाउन तथा उनिहरुमा भएको आइडिया सेयर गर्ने उद्धेश्यले फेसवुक पेज धरान बुजले शनिवार ओपन माइक कविता वाचन कार्यक्रमको आयोजना गरेको छ ।
प्राय कलेजका विद्यार्थी तथा टिन एजरहरुको जमघट हुने वगैचा चोक स्थित चिया हवमा आयोजना गरिएको ओपन माइकमा २० जना युथहरुले कविता वाचन गरेका छन । यस अघि इ–स्पोटर्स प्रतियोगिताको आयोजना गरिसकेका धरान वजको यो दोस्रो प्रस्तुति हो । युथहरुमा भएको क्षमता प्रदर्शन गर्न तथा युवाहरुको जमघट गराई उनिहरुमा भएको आइडिया र क्षमता आदनप्रदान गर्ने उद्वेश्यले युथहरु लक्षित कार्यक्रमको आयोजना गरिएको धरान बुजका एडमिन किसन तामाङले वताए ।
  प्रायजसो सवै युथहरुको सहभागिता रहेको कार्यक्रममा धरान उपमहानगरपालिकाका उपनिर्वाचनमा मेयरका उम्मेद्धार समेत भइसकेका राजनितिकर्मी प्रकाश राई श्रीमति सहित उपस्थिति जनाएका थिए । आफ्नो छोरा निनामहाङ राईको संयोजकत्वमा कार्यक्रम भइरहेकोले युवाहरुलाई वुझ्न कार्यक्रममा उपस्थिति जनाएको प्रकाश राईले वताए । लेखक तथा अग्रज पत्रकार नेपाल पत्रकार महासंघ, सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईको समेत दर्शकको रुपमा उपस्थिति रहेको थियो । नयाँ जेनेरेशनका युवाहरुको मनोभाव वुझ्नलाई उपस्थिति जनाएको उनले वताए । फेसवुक पोस्टमा कार्यक्रम वारे थाहा पाए पछि कार्यक्रममा दर्शकको रुपमा उपस्थिति जनाएको उनले जनाए ।
फेसवुक पेज वाट मात्र काम गरिरहेको धरान बुजले चाडै मिडियाको रुपमा दर्ता गर्न लागिएको एड्मिन तामाङले वताए । कविता वाचन पछि अन्डरग्राउण्ड आट्रिस्टहरुको ओरिजिनल सेसन र स्ट्याण्डअप कमेडि लाइनअपमा रहेको वताए ।
कविता वाचन कार्यक्रम अघि हिपहप वर्कसपमा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । खुला आकाश संस्थाले चलाएको तिनदिने हिपहप वर्कसममा सहभागि आठजनालाई प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागिहरुलाई डिजे बाबा नामले परिचित धराने र्यापर सरल उदास, अभिषेक कार्कि र वालकृष्ण स्वामिले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रशिक्षित न्युजेन राई मनु,, व्राइन श्रेष्ठ, नविनके भट्टराई, उपेश राई र एनथ्रीएक्सले र्याप गित गाएर उपस्थितिलाई मनोरञ्जन गराएका थिए ।
कार्यक्रममा युवा उद्धमिहरुलाई प्रोत्साहन गर्न युवाहरुद्धारा संचालित टिसर्ट र स्टिकर स्टल समेत राखिएको थियो ।  

छुटाउनुभयो कि ?

सहित्य/सिर्जना

अन्तराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मातृभाषा साहित्य पुरस्कार प्रदान

कोले न्युज: बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक अन्तर्राष्ट्रिय मातृभाषा दिवस धरानमा मनाएका छन। मातृभाषा सेवीहरूलाई राष्ट्रिय पुरस्कार पनि प्रदान