राजनिती

एमाले निकट खेलकुद महासङ्घका अध्यक्ष सहित नेता कार्यकर्ताहरू माओवादी प्रवेश


सुनसरी: नेकपा एमाले निकट खेलकुद महासङ्घ सुनसरीका अध्यक्ष पुष्कर कार्कीसहित विभिन्न दलका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।
कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लब लगायत सङ्घसंस्थाको नेतृत्व तहमा रहनुभएको छ ।जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत सुनसरीको गढी गाउँपालिकामा आयोजित सभामा उहाँहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो। नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पदाधिकारीले स्वागत गर्नुभएको थियो। पार्टी प्रवेश गर्ने अन्य नेता कार्यकर्ताहरुमा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका ६ का इन्चार्ज चितनारायन खेरवारलगायत रहनुभएको छ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३