राजनिती

माओवादी केन्द्र धरान-१९ को सरसफाइ अभियान जारी, ६३ औ हप्ता

धरान: नेकपा माओवादी केन्द्र धरान उप-महानगरपालिका १९ नम्बर वडा कमिटीको अगुवाईमा जारी ६३ औ हप्ताको सरसफाई अभियान शनिबार सम्पन्न भएको छ।

गत साल भदौबाट पार्टीको “जनता सङ्ग माओवादी बिशेष रुपान्तरण अभियान”कार्यक्रम अन्तर्गत ३ महिने अभियान सुरु भएता पनि १९ नम्बर वडा कमिटीले अभियानलाई अहिलेसम्म जारी राखेको छ। १९ नम्बर वडा कमिटीले सुरुवात देखि नै वडाका बिभिन्न स्थानमा प्रत्येक सनिबार निरन्तर रुपमा सरसफाइ गर्ने काम गर्दै आएको छ।

पार्टीका नेता तथा कार्यकर्ताहरुले हात हातमा झाडु, गैति, हसिंया लिएर किरात चोकदेखि इलाका प्रहरी कार्यालय सम्म बाटोको छेउछाउ र नाली सरसफाई गरे। अभियानको सुरुवात देखि नै वडाबासिहरु संग निरन्तर जोडिएको र साथ, सहयोग समेत पाउदै आएको पार्टीका १९ नम्बर अध्यक्ष सन्त तेम्बेले बताए।

दशै, तिहार र छठ पर्ब लगत्तै ६३ औ हप्ता परेकाले र पानी पनि परेकाले उपस्थिति थोरै भएता पनि अभियानलाई निरन्तरता दिन र जनता सङ्ग जोडिन निरन्तर सरसफाईमा जुटेको प्रदेस कमिटी सदस्य युवा नेता सन्तोष लिम्बुले जानकारी दिए।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३