राजनिती

धरान माओवादी केन्द्रको सरसफाई अभियानले ६२ औं हप्ता पूरा

धरान: नेकपा माओवादी केन्द्र धरान उप-महानगरपालिका १९ नम्बर वडा कमिटीको अगुवाईमा जारी ६२ औ हप्ताको सरसफाई अभियान मङ्गलबार सम्पन्न भएको छ।

गत साल भदौबाट पार्टीको “जनता सङ्ग माओवादी बिशेष रुपान्तरण अभियान”कार्यक्रम अन्तर्गत ३ महिने अभियान सुरु भएता पनि १९ नम्बर वडा कमिटीले अझैसम्म अभियानलाई जारी राखेको १ नम्बर प्रदेस कमिटी सदस्य सन्तोष लिम्बुले बताए।

वडा कमिटीले सुरुवात देखि नै वडाका बिभिन्न स्थानमा प्रत्येक सनिबार निरन्तर रुपमा सरसफाइ गर्ने काम गर्दै आएको छ। आगामि सनिबार भने तिहार परेको हुनाले मङ्गलबार नै सरसफाइ अभियान गरिएको १९ नम्बर वडा कमिटीका अध्यक्ष सन्त तेम्बेले बताए।

पार्टीका नेता तथा कार्यकर्ताहरुले हातमा झाडु, गैति, हसिया लिएर धनकुटे रोड अन्तर्गत किरात चोकदेखि यलुङ चोकसम्म बाटोको छेउछाउ र नाली सरसफाई गरे।
अभियानको सुरुवात देखि नै वडाबासिहरुले खाजा, पानी, सरसफाईको लागि गैति दिएर सहयोग गरेको अध्यक्ष तेम्बेले बताए। उनले भने-“वडाबासिहरु हाम्रो कामप्रति सकारात्मक हुनुहुन्छ र सपोर्ट पनि गर्दै आउनु भएको छ”।

अभियानको ६२ औ हप्तासम्म आईपुग्दा वडा भित्र धेरै कामहरु गर्न सफल भएको सहभागीहरुले बताए।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३