राजनिती

वाई.सि.एल.धरान-५ को अध्यक्षमा सुक्मान लिम्बु

धरान: वाई.सि.एल.नेपाल धरान उप-महानगरपालिका वडा नम्बर ५ को आठौ सम्मेलन शनिवार सप्पन्न भएको छ।

तल्लो देउराली स्थित रेडक्रस भवनको हलमा सप्पन्न सम्मेलनले सुक्मान लिम्बुको अध्यक्षतामा २९ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षहरुमा तेन्जिङ तामाङ र कुमार बस्नेत, सचिवमा महेस कुमार लिम्बु, सह-सचिवहरुमा अमित बिक र मनिसा विश्वकर्मा, कोषाध्यक्षमा चन्द्रकला श्रेष्ठ रहेका छन।

यसैगरी समितिका सदस्यहरुमा राजा राई, हरि बिश्वकर्मा, सुदिप लिम्बु, इन्द्र बहादुर तामाङ, सन्तोष लिम्बु, पर्बत राई, अनिस राई रहेका छन। त्यस्तै अन्य सदस्यहरुमा युगल लिम्बु, भिमा लिम्बु, अनिता लिम्बु, बिनिता लिम्बु, सनम चौधरी, रोशन राई, आशिष खबास, दिपेन लिम्बु रहेका छन। नयाँ कार्यसमितिका अन्य सदस्यहरुमा पुष्पा थापा, बिबेक लिम्बु, दिपक थापा, निशा श्रेष्ठ, सबिना श्रेष्ठ, दिपक राई र सनम लिम्बु रहेका छन।

नयाँ कार्यसमिति लाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी(केन्द्र) का केन्द्रिय सदस्य उमिता बराईली, पार्टीका धरान-५ का अध्यक्ष धन कुमार राई, वाई.सि.एल.धरानका अध्यक्ष दिपक घिसिङ, निबर्तमान अध्यक्ष बिजय तामाङ लगायतले शुभकामना दिनुभयो। कार्यक्रममा प्रमुख अतिथि बराईलीले युवाहरु परिबर्तनका सम्बाहक भएकाले अबका दिनमा उपभोग्य बस्तुहरुको उत्पादनमा जोड दिन युवालाई आग्रह गर्नुभयो। नयाँ कार्यसमितिको कार्यकाल २ बर्षको हुने वाई.सि.एल. धरान अध्यक्ष घिसिङ्ले जानकारी दिनुभयो।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३